PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेट बिहीबारदेखि, १२ टीम सहभागी



पहिलोपोस्ट

कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेट बिहीबारदेखि, १२ टीम सहभागी

काठमाडौं : नेपाल स्पोर्टस् म्यानेजमेन्ट प्रालिको आयोजनामा कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेट बिहीबारदेखि हुने भएको छ।
 
सेप्टेम्बर ८ देखि ११ सम्म ३ दिन चल्ने प्रतियोगितामा कुल १२ कर्पोरेट टीमको सहभागिता रहनेछ।
 
लिगकम नकआउट प्रणलीमा खेलाइने उक्त प्रतियोगितामा सहभागी १२ टीमलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा ३ टीम रहनेछन् र समूहको शीर्ष २ टीम क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। हरेक खेल १२/१२ ओभरको हुनेछ।
 
नेपाली क्रिकेटमा नयाँ प्रयोगस्वरुप विजेतालाई शिल्भर ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ।
 
यस्तै ओपनिङ सेरेमोनीमा सेलिब्रिटी म्याच आयोजना गर्ने, प्रतियोगिताको हरेक खेलहरु युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने समेत आयोजकले बताएको छ।

प्रतियोगिताको म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई पनि ट्रफी प्रदान गरिनेछ।
 
प्रतियोगितामा सहभागिता जनाउने टीमले दर्ता शुल्कबापत ४५ हजार तिर्नुपर्नेछ। यसबापत आयोजकले हरेक टीमका खेलाडीलाई ब्याट, प्याड, ग्लोभ्स र खेल्दा प्रयोग हुने सबै किसिमका सामाग्री प्रदान गर्नेछ।
 
कोलाकोलाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको लागि १० लाखभन्दा बढी अनुमानित बजेट रहेको आयोजकले जनाएको छ।
 
यदि कुनै पनि कर्पोरेट हाउसमा राष्ट्रिय लेभलका क्रिकेट खेलाडीहरु कार्यरत छन् भने उनीहरुले समेत खेल्न पाउने आयोजकले जनाएको छ। तर यस प्रतियोगितामा खेल्नको लागि ३ महिनाभन्दा बढी उक्त कर्पोरेट हाउसमा काम गरेको आइडेन्टी कार्ड भएको अनिवार्य हुनुपर्नेछ।
 

ग्रुप ड्र सार्वजनिक

मंगलबार आयोजित कार्यक्रममा आयोजकले ग्रुप ड्र समेत गरेको छ। प्रतियोगितामा सहभागी ४ समूहमा रहेका टीमहरु यस्ता छन्-
 
समूह ए
  • बोटलर्स नेपाल, यती एअरलाइन्स, एनसिसी बैंक
समूह बी
  • सिप्रदी ट्रेडिङ, प्रिमियर इन्सुरेन्स, हिमालयन डिस्टिलरी
समूह सी
  • गोर्खा ब्रुअरी, हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट
समूह डी
  • कान्तिपुर मिडिया ग्रुप, नेपाल खेलकुद पत्रकार मञ्च, फ्याक्स नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell