PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

छुल्ठिमको 'डायरी'मा रेखा थापा के लेख्दैछिन्?



पहिलोपोस्ट

छुल्ठिमको 'डायरी'मा रेखा थापा के लेख्दैछिन्?

काठमाडौं : एउटा अँध्यारो कुनाबाट युवती उज्यालोतिर आउँछिन्। नजिकै रहेको किताबको र्‍याकबाट एउटा डायरी निकाल्छिन् र हेर्छिन्। आफू उभिएको ठाउँबाट केहीअगाडि गएर त्यो डायरी अरुलाई पनि देखाउँछिन्।
 
तिनै युवती थिइन्, छुल्ठिम गुरुङ। फिल्म 'डायरी'को घोषणाक्रममा उनी आज राजधानीमा यसरी नै अभिनय गरिरहेकी।
 

अनिल योन्जनको निर्माण/निर्देशनमा बन्न लागेको फिल्म 'डायरी' घोषणासँगै फिल्मका कलाकारहरु पनि सार्वजनिक गरिएको हो।
 
फिल्ममा छुल्ठिम गुरुङ, सन्नी सिंहसँगै नायिका रेखा थापाको प्रमुख भूमिका रहेको छ। 'नोभेम्बर रेन'पछि दोस्रो फिल्म गर्न लागेकी छुल्ठिमले यही फिल्मबाट निर्माताका रुपमा पनि डेब्यु गर्दैछिन्।  
 
छेतेत गुरुङको कथामा बन्न लागेको 'डायरी'मा रेखा थापाको नेगेटिभ भूमिका रहनेछ। निर्देशक अनिल योन्जनले भने, 'रेखा अहिलेसम्म जति पनि फिल्ममा देखिइन्। डायरीमा त्योभन्दा निकै बोल्ड र फरक देखिनेछिन्।'
 
प्रेम सम्बन्धमा हुने बदलाको भावना र त्यसले जीवनमा निम्त्याउने परिस्थिति नै फिल्मको मुख्य विषय रहेको छेतेन गुरुङले बताए।
 
डायरीको निर्माता एवं नायिका छुल्ठिमको जन्मदिनको अवसरमा भदौ २५ गते फिल्मको शुभमुहूर्त हुँदैछ भने २६ गतेबाट फिल्म युनिट छायंकनका लागि फ्लोरमा निस्कँदैछ।
 
राजु लामा, कौशल बिस्ट, दिनेश डिसी, रुपा राणा, पिटर लामा, विनोद पौडेल समेतको अभिनय रहने फिल्म काठमाडौं, सिमरा र वीरगन्जमा सुटिङ हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell