PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

एकदिने पेप्सी ओपन गल्फ टुर्नामेन्ट शनिबार हुने



पहिलोपोस्ट

एकदिने पेप्सी ओपन गल्फ टुर्नामेन्ट शनिबार हुने

काठमाडौं : एकदिने पेप्सी ओपन गल्फ टुर्नामेन्ट आगामी शनिबार गोकर्ण गल्फ क्लबमा हुने भएको छ। प्रतियोगिता १८ होलमा ३ बाई ४ ह्याण्डीक्याप फर्म्याटमा खेलाइनेछ।
 
प्रतियोगितामा नेपाली गल्फ क्षेत्रका ८० देखि एक सय प्रतिस्पर्धीले भाग लिने आयोजकले जनाएको छ।
 
प्रतियोगितामा प्रोफेसनल प्लेअरले भाग लिन पाउनेछैनन् भने एम्याचर लेभलका खेलाडीले मात्र सहभागिता जनाउनेछन्। हरेक खेलाडीले सहभागितास्वरुप १५ सय दर्ता शुल्क बुझाउनुपर्नेछ।
 
प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, सिनियर विजेता ६० वर्ष भन्दामाथि, जुनियर विजेता, बेस्ट ग्रोस, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन र मोस्ट बर्डीज सबैलाई पुरस्कृत गरिनेछ।
 
यसअघि रोयल नेपाल गल्फ क्लबमा प्रायोजन गरिसकेको पेप्सीले गोकर्णमा हुने लागेको प्रतियोगितामा प्रायोजन गरेको यो पहिलो पटक हो।
 
वरुण वेभरेज नेपालका टेरिटोरी डेपलपमेन्ट म्यानेजर निशी लामाले आफूहरुको रुचि खेलकुदमा रहेको र आगामी दिनमा पनि गल्फ प्रायोजनमा निरन्तरता दिँदै जाने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell