PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव भन्छिन्- 'दलबीच सहमति नभए चुनावै हुँदैन'



पहिलोपोस्ट

शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव भन्छिन्- 'दलबीच सहमति नभए चुनावै हुँदैन'

काठमाडौं : शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएकी छिन्।
 
रिपोर्टर्स क्लब नेपालले आज अयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भनिन्, ‘संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुने सम्भावना म देख्दिन, कार्यान्वयन गर्ने हो भने तत्काल संशोधन गर्नुपर्छ।’
 
उनले मधेसी मोर्चाले संविधानका ८३ वटा बुँदामा संशोधन गर्नुपर्ने भने पनि तत्काल तीन/चार वटा बुँदामा संशोधन गरेर भए पनि अघि बढ्नुपर्ने बताउँदै थपिन्, ‘संविधान संशोधनबिना  मुलुकमा शान्ति आउन सक्दैन।’
  
नेपाली कांग्रेसकी कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले संविधान संशोधनको लागि दुई तिहाई आवश्यक पर्ने भएकाले प्रमुख प्रतिपक्षी दल एमालेले पनि सहयोग गर्नुपर्ने बताइन्। ‘दलहरु मिल्नुको विकल्प छैन, एकअर्काको आलोचना गरेर कसैको हित हुँदैन,' उनले भनिन्।
 
यादवले संविधान संशोधनमा एमालेलाई मनाउनको लागि आफ्नो पार्टी र नेतृत्व लागिपरिरहेकोले संशोधन प्रक्रिया अघि बढ्नमा केही ढिलाइ भएको स्पष्ट पारिन्। दलहरुवीच सहमति नभए चुनाव हुन नसक्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell