PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

तीजको बिदाइमा छमछमी नाचे महिलाहरु

तीजको बिदाइमा छमछमी नाचे महिलाहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : भाद्र शुक्ल पञ्चमी अर्थात् तीजको अन्तिम दिन आज ऋषिपञ्चमी मनाइएको छ । हिन्दु नारीहरुले ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीजको विधिवत समापन हुन्छ।
 
आज सप्तर्षिको पूजा गरी विशेषगरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारी पूजाआराधनामा व्यस्त रहन्छन्।
 
बिहानै उठेर उनीहरुले यो दिन नदी, खोला, ताल, तलैया र पोखरीमा गई नुहाइधुवाइ गरे। रमाए। नाचे। स्नानपछि उनीहरुले दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजासमेत गरेका थिए।
 
 आज मुलुकभरका ऋषि मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालु महिला भक्तजनको भिड लागेको छ। काठमाडौं टेकु भन्सार नजिकको ऋषेश्वर महादेव मन्दिरमा महिलाहरुको भिड लागेको थियो। हेर्नुस् फोटोमा-


ट्रेन्डिङ पोस्ट

Ncell