PahiloPost

Dec 24, 2025 | ९ पुष २०८२

६ वटा गोली लागेको गैंडा उपचारकै क्रममा मर्‍यो



पहिलोपोस्ट

६ वटा गोली लागेको गैंडा उपचारकै क्रममा मर्‍यो

चितवन : तस्करले हानेको गोली लागेर घाइते भएको एकसिङ्गे गैँडा उपचारकै मरेको छ। उपचार गर्दागर्दै मंगलबार उक्त गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए।

भदौ ४ गते रौतहटको गैँडाटारमा सो गैंडालाई तस्करले गोली हानेका थिए। ६ वटा गोली लागेको गैंडाको शरीरबाट छर्रा निकालिए पनि गोली झिक्न सकिएको थिएन। उपचारमा निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा प्राविधिक टोली खटिएको थियो।
 
उक्त गैंडा चितवनबाट पर्सा हुँदै रौतहट गएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन्। (फोटो : pnpkhabar.com.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell