काठमाडौं : कलंकी मन्दिर नजिकै गएराति बसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।
बा २ ख ७१३४ नम्बरको बसले बा ५२ प ३३२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोट घर भई मातातीर्थ बस्दै आएका ३५ बर्षीय रामकुमार लामिछाने घाइते भएका हुन्। उनी राष्ट्रिय शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको खुल्न आएको छ। उनको सिटी सेन्टर अस्पताल कलंकीमा उपचार भइरहेको छ।
ठक्कर दिने बस र चालकलाई कलंकी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, कोटेश्वरमा गुडिरहेको बसको ढोकाबाट खसेर एक जना यात्रु घाइते भएका छन्। बा २ ख ९४४० नम्बरको बसको ढोकाबाट खस्दा ओखलढुङ्गाका २२ वर्षीय सुरेश राई घाइते भएका हुन्। उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।
बससहित चालकलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।