PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

१३औं निजामती सेवा दिवस मनाइँदै



पहिलोपोस्ट

१३औं निजामती सेवा दिवस मनाइँदै

काठमाडौ : १३औँ निजामती सेवा दिवस आज विविध कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन्। ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’भन्ने मूलनाराका साथ दिवस मनाइँदैछ।
 
दिवसका अवसरमा बिहान प्रभातफेरी  निकालिएको छ। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, न्युरोड, रत्नपार्क हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुगेको थियो। 
 
प्रभातफेरीमा मुख्य सचिव डा सोमलाल सुवेदी, सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलगायत सबै सचिवसँगै अन्य निजामती कर्मचारीको सहभागिता थियो।
 
यसैगरी, प्रभातफेरीमा आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनलगायत कर्मचारी सङ्गठनको पनि सहभागिता थियो।
 
आजै, प्रज्ञा भवनमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यमा विशेष कार्यक्रम हुने भएको छ। दिवसकै अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सर्वोकृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गर्नेछन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell