PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण गर्न माग, प्रधानमन्त्री सकारात्मक



पहिलोपोस्ट

काठमाडौँ : नेपाल उद्योग वाणिज्य सङ्घ मकवानपुरले भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।
 
सङ्घका जिल्ला अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी हेटौँडाबाट काठमाडौँ आउनलाई सहज बनाउने सुरुङ मार्ग निर्माण गर्न माग गरेको हो। तीन किलोमिटर उक्त सुरुङ मार्ग निर्माणपछि हेटौँडाबाट काठमाडौँ आउन सुरक्षित र सहज हुन्छ।
 
सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारी लगानीमा सुरुङ मार्ग बनाउन सरकार सकारात्मक रहेको बताउँदै त्यसका लागि आफूले पहल गर्ने बताएका थिए। सङ्घले सुरुङमार्ग निर्माण भएपछि दुर्घटनामा कमी आउने र समय पनि छोटिने प्रधानमन्त्रीलाई विश्वास दिलाएको थियो।
 
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा भएको भेटमा ‘एसियन हाइवे’ निर्माण गर्दा सडकको दुवैतर्फ २५ मिटर जग्गा अधिकरण गर्दा मुआब्जा दिनुपर्ने विषयमा कुरा भएको थियो। अर्थमन्त्री महराले मुआब्जाका विषयमा अर्थ मन्त्रालयलले चाँडै निर्णय लिने विश्वास समेत दिलाएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell