PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

​प्रचण्डले कर्मचारीलाई भने- 'प्रदेश र स्थानीय तहमा जान तयार हुनुस्'



पहिलोपोस्ट

​प्रचण्डले कर्मचारीलाई भने- 'प्रदेश र स्थानीय तहमा जान तयार हुनुस्'

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानले प्रदेश र स्थानिय तहको व्यवस्था गरेको उल्लेख गर्दै केन्द्रका कर्मचारीहरुलाई परिचालित हुन तयार रहन निर्देशन दिएका छन्।

निजामती सेवा दिवसमा सरकारका कर्मचारीहरुलाई प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि निजामती कर्मचारीले सहयोग गर्नुपर्ने बताए।

'संक्रमणकालमा संघीय सरकारले हालको निजामती सेवा परिचालन आवश्यकता अनुसार गर्नेछ', उनले भने, 'यस क्रममा संविधानले निर्धारण गरेका अधिकार क्षेत्रका आधारमा केन्द्रमा बस्ने संरचना अनुसार सो तहमा रहने जनशक्ति निक्यौल गरी बाँकी जनशक्ति प्रदेश र स्थानीय तहमा समायोजन गर्न आवश्यक छ।'
 
प्रचण्डले संविधान कार्यान्वयनबाट निजामती सेवा सबैभन्दा धेरै प्रभावित हुने बताए।

'केन्द्रीकृत र एकात्मक रुपमा रहेको रहेको निजामती सेवालाई संविधानको भावना अनुसार विकेन्द्रीकृत गर्ने संघात्मक स्वरुपमा ढाल्ने र प्रभावकारी ढंगले अगाडि बढ्ने प्रश्न नै मुख्य प्रश्न हो', प्रधानमन्त्रीको भनाइ थियो।
 

शान्तराज सुवेदीले दिए भूकम्प र बाढी पीडितलाई दुई लाख 



निजामती सेवा सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाएका अर्थ सचिव शान्तराज सुवेदीले पुरस्कार रकम भूकम्पपीडित र बाढी पहिरोबाट पीडितलाई दिने घोषणा गरेका छन्। उनले दुई लाख रकम पुरस्कार स्वरुप प्राप्त गरेका थिए। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवको रुपमा गरेको कामका लागि सर्वोत्कृष्ट ठहर गरिएको हो। मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले सुवेदीलाई पुरस्कारका लागि सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell