PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

अर्थसचिव सुवेदीले पुरस्कार स्वरुप पाएको दुई लाख भूकम्पपीडित र बाढीपीडितलाई दिने



पहिलोपोस्ट

अर्थसचिव सुवेदीले पुरस्कार स्वरुप पाएको दुई लाख भूकम्पपीडित र बाढीपीडितलाई दिने

काठमाडौं : निजामती सेवा सर्वोत्कृष्ट कर्मचारी पुरस्कार पाएका अर्थसचिव शान्तराज सुवेदीले पुरस्कार रकम भूकम्पपीडित र बाढी पहिरोबाट पीडितलाई दिने घोषणा गरेका छन्।
 
निजामती सेवा दिवस- २०७३ को अवसरमा आज उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कारस्वरुप दुई लाख रकम हस्तान्तरण गरेका थिए।
 
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिवको रुपमा गरेको कामको लागि सर्वोत्कृष्ट ठहर गरिएको हो। मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले सुवेदीलाई पुरस्कारका लागि सिफारिस गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell