PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

कुकुर आतंक बढ्यो, दैनिक १० जनासम्म बिरामी उपचारमा



पहिलोपोस्ट

गौशाला : महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ।
 
पहिले–पहिले फाटफुट रुपमा कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको भए पनि अहिले दैनिक आठ/दस जना बिरामी आउने थालेका छन्।
 
अहिले कुकुरको प्रजनन, बच्चा उत्पादन र बच्चा स्याहार–सुसार गर्ने बेला रहेकाले कुकुरको सम्पर्कमा जाने, जिस्काउने तथा बच्चालाई हानि पुर्‍याउनेलाई कुकुरले बढी रुपमा टोक्ने गरेको चिकित्सक साकेश कर्ण बताउँछन्।
 
६६ गाविस र तीन नगरपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेको बिरामी आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजीव झाले बताए।
  

कुकुरले टोकेको बिरामीलाई रोगबाट बच्नका लागि ‘प्रोफालेक्सिस’ नामक ‘एन्टिरेबिज भ्याक्सिन’ दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एक जनालाई तीनदेखि पाँच भाइल (डोज) सम्म भ्याक्सिन दिनुपरेको जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा मणिष पाण्डेले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell