
काठमाडौँ : भारत र चीनका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको छ।
समितिले सूचना प्रकाशित गरी भारतका लागि प्रस्तावित दीपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित लीलामणि पौड्यालको सुनुवाइका लागि उजुरी आह्वान गरेको हो। समितिले आउँदो ३१ गतेसम्ममा उजुरी पठाइसक्न समेत आग्रह गरेको छ।
उजुरीकर्ताले आफ्नो पहिचान खुलाउनुपर्ने तर गोप्य राख्न चाहेमा राख्न सकिने समितिले सूचनामा उल्लेख गरेको छ।
'उक्त पदहरुमा उहाँहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित मिति २०७३ भाद्र ३१ गतेसम्म कार्यलय समय भित्रै सूचना दिन सकिने' समितिले उल्लेख गरेको छ।
कहाँ दिने उजुरी?
७५ जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्षसंसद सचिवालयमा रहेको समितिको कार्यालयमा
फ्याक्स मार्फत ०१-४२००२७७
इमेल [email protected]
समितिले न्यायपरिषद्, संवैधानिक परिषद् र मन्त्रिपरिषदबाट प्राप्त सिफारिसमा सुनुवाइका लागि उजुरी आह्वान गर्ने गरेको छ। समितिले उजुरीको प्रकृति हेरेर उजुरीकर्तालाई छलफलका लागि समेत डाक्ने गरेको छ।