PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या, नामथर खुल्न सकेन



पहिलोपोस्ट

सुरुङ्गा (झापा) : झापाको मेचीनगर नगरपालिका–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ।
 
नाम, थर, वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ निवासी ३६ वर्षीय नेत्र गिरीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।
 
उनको गएराति साढे ११ बजे हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए। हत्यामा संलग्न गिरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell