PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

आरिफ शेख र सुनिल धमलालाई सिप्रदीले दियो मासिक २० हजार, दुई वर्षसम्म प्रायोजन



पहिलोपोस्ट

आरिफ शेख र सुनिल धमलालाई सिप्रदीले दियो मासिक २० हजार, दुई वर्षसम्म प्रायोजन

काठमाडौं : नेपाली यु १९ राष्ट्रिय क्रिकेट टीमका दुई स्टार आरिफ शेख र सुनिल धमलालाई सिप्रदी ट्रेडिङ प्रालिले दुई वर्षको लागि प्रायोजन गरेको छ।
  
स्पोर्टस् स्कलरसिप अन्तर्गत गरिएको उक्त प्रायोजनपछि सिप्रदीले अलराउण्डरद्वय शेख र धमलालाई दुई वर्षसम्म मासिक २० हजार प्रदान गर्नेछ।

राष्ट्रिय टीम र विभिन्न क्लबमा खेल्दा अझ राम्रो प्रदर्शन गर्न उत्प्रेरित गर्न उक्त प्रायोजन गरिएको हो।
 
राजधानीमा बुधबार एक कार्यक्रमबीच खेलाडीद्वय तथा सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरे।
 
क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिपिएन)  को संयोजनमा क्रिकेट खेलाडीहरुको व्यावसायिक संस्थासँग प्रायोजन सम्झौता भएको हो। सिपिएनका महासचिव तथा राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का यस प्रकारको प्रायोजनले क्रिकेट खेलाडीहरुलाई हौसला मिल्ने र अन्य खेलाडीका लागि समेत प्रायोजनको बाटो खुल्ने बताए।

  
यसअघि नेपाली क्रिकेट टीमका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई सानिमा बैंक, विकेट किपर राजु रिजाल र अलराउण्डर प्रेम तामाङलाई एनआईसी एसिया बैंकले सिपिएनकै संयोजनमा प्रायोजन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell