PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​विराटनगरमा टुक्राटुक्रा पारी विभत्स हत्या : ट्याक्सी चालकको सुराकीले पक्राउ परे अभियुक्त



सविन ढकाल

​विराटनगरमा टुक्राटुक्रा पारी विभत्स हत्या : ट्याक्सी चालकको सुराकीले पक्राउ परे अभियुक्त

काठमाडौँ :  विराटनगर उपमहानगरपालिका १३ तीनटोलियाको सिद्धार्थ मार्गमा सोमबार विभत्स ढंगले हत्या गरिएको एउटा शव भेटियो। 
सभ्य समाजमा कल्पना गर्नै नसकिने किसिमको शव थियो त्यो। धारिलो हतियारले काटी टुक्राटुक्रा पारिएको शवको टाउको र घुँडादेखि तलको भागबाहेकका शरीरको सबै भाग टुक्रा पारिएका अवस्था प्रहरीले ओमकार श्रेष्ठको घरबाट लाश फेला पार्‍यो।  

शव विराटनगरको तीनटोलिया मार्गमा होस्टल सञ्चालन गर्दै आएका विनोद यादवको रहेको खुल्यो। 

हत्याको अभियोगमा सिराहाका २० वर्षीय राकेशकुमार यादव र कृष्ण यादव तथा सप्तरीका १८ वर्षीय जितेन्द्र साहलाई प्रहरीले आज सार्वजनिक गरेको मोरङ जिल्ला प्रहरी कार्यलयका डिएसपी योगन्द्रसिह थापाले पहिलोपोस्टलाई बताए। 

मंगलबार पक्राउ गरिएका राकेशकुमार यादव, कृष्ण यादव, जितेन्द्र शाह र १३ वर्षीय मनोजकुमार साह बस्दै आएका थिए। पक्राउ परेका तीनै जना हत्या गरिएका विनोदका साथी हुन्। 

घटना भएको राति मृत विनोद यादव साथीहरुकहाँ पार्टीमा खान गएका थिए। घटनास्थलमा प्रहरीले रक्सीका बोतल समेत बरामद गरेको थियो। 
पार्टीमा रक्सी खाँदै गएपछि पहिलेको रिसइबीका कारण विनोदको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।
 
१३ वर्षीय मनोजकुमार साहलाई उनीहरुले अर्को कोठामा पढ्न भनेर पठाएको र घटनाको बारेमा मनोजकुमार निर्दोष रहेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

घटनापछि उनीहरुले मृतकको टुक्रा पारिएका लाश तन्नामा बाँधी बाहिर फाल्न लागेका थिए। एकाबिहानै उनीहरुले एउटा ट्याक्सी चालकलाई कोठा सर्ने भन्दै बोलाएका थिए। अन्ततः त्यही ट्याक्सी चालककै कारण उनीहरु पक्राउ परे। ट्याक्सी चालकले तन्नाबाट रगत बगेको देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए। 

ट्याक्सी चालकले प्रहरीलाई उजुरी गरेको थाह पाएपछि फरार भएका तीन जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको हो। घटनाको बारे थप अनुसन्धान भइरहेको डिएसपी योगेन्द्रसिह थापाले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell