PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

​देउवाले बीपीलाई सम्झँदै भने 'त्यस्तो नेता न भूतो न भविस्यति'



रमेश वाग्ले

​देउवाले बीपीलाई सम्झँदै भने 'त्यस्तो नेता न भूतो न भविस्यति'

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रायः छोटो भाषण गर्छन्। उनका भाषणको विशेषता के हो भने प्रायजसो उनका भाषण सुनिँदैनन्। झन अरुको प्रशंसामा त उनी एक दुई वाक्यबाहेक थप खर्चँदै खर्चदैनन्। 

तर बुधबार बीपी जयन्तिको सन्दर्भमा आयोजित कार्यक्रममा बीपीको यसरी प्रशंसा गरे कि पटक पटक दोहोर्याभएर उनले 'यस्तो नेता नभूतो न भविस्यति' भने।

आफूलाई बीपी र जीपी दुबैले माया गरेको भन्ने गरेका देउवाले भने, 'नभूतो न भविस्यति बीपी जस्तो व्यक्तित्व अब जन्मनै सक्दैन' देउवाले भने, 'हतियारको राजनीतिका समयमा समेत सबैलाई कन्भिन्स गर्ने र अहिंसाका लागि प्रेरित गर्ने उहाँको क्षमता अद्भूत थियो।' देउवाले हतियारको राजनीति गर्दासमेत लक्ष्य अहिंसाको राखेको भन्दै त्यस्तो व्यक्तित्व आफूले अहिलेसम्म नदेखेको बताए। 

देउवाले बीपी बोल्ने र लेख्ने दुबै कला भएको मात्र हैन सबै विषयको ज्ञाता पनि भएको बताए । 'साहित्यिक, दार्शनिक, अर्थशास्त्री, कोलमिष्ट लगायतका बहुप्रतिमा उहाँमा थियो। राजनीतिज्ञ त उहाँ भइहाल्नु भयो' देउवाले दोहोर्याबएर भने, 'त्यस्तो नेता न भूतो न भविस्यति।'

देउवाले सानो देशमा ठूलो नेताको जन्म भएको भन्दै त्यही कारण पनि बीपीले धेरै दुःख पाएको बताए । 'बीपी सानो देशको ठूलो मान्छे,  ठूलो नेता हुनुहुन्थ्यो' उनले भने, 'धेरैले उहाँसँग च्यालेन्ज महसुस गरेका कारण पनि उहाँले धेरै दुःख पाउनुभयो।'

 उनले देशका राजाले मात्र नभएर छिमेकका नेताहरुले समेत च्यालेञ्ज महसुस गरेका कारण पनि बीपीलाई शासकीय नेतृत्वमा रहन कठिन भएको बताए। 

'उहाँ पहाडमा ट्याक्टर चल्दैन, त्यसैले हलो सुधार गर्नुपर्छ भन्नु हुन्थ्यो' देउवाले भने, 'उहाँले सहरको विकास स्वभाविक रुपमा पनि छिटो हुन्छ भन्दै गाउँलाई नै धेरै ध्यान दिनुहुन्थ्यो।' उनले बीपीको जस्तो सोच र कार्यक्रम भएको व्यक्ति अहिले आवश्यक भए पनि नपाएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell