PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

काठमाडौंमा प्रहरी र अज्ञात समूहबीच दोहोरो फायरिङ



सविन ढकाल

काठमाडौं : आज बिहान काठमाडौंको मातातीर्थस्थित चिहानडाँडामा प्रहरी र अज्ञात समूहबीच दोहरो फाइरिङ भएको छ।
 
मातातीर्थमा खटिएको प्रहरी टोलीले जंगल नजिकै रोकिराखेको ना १ ज ३९४८ नम्वरको टाटा सुमो देखेपछि शंका लागेर पिछा गर्दा गाडीभित्र रहेका चार युवाले प्रहरीलाई लक्षित गरि दुई राउन्ड गोली चलाएका थिए। प्रहरीले पनि जवाफी कारबाहीमा दुई राउन्ड गोली चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले पहिलोपोस्टलाई जानकारी दिएका छन्।
 
गोली हानेर ती युवा नजिकैको जंगलभित्र छिरेको र अहिले खोजी कार्य भइरहेको कार्कीले बताए।
 
प्रहरीले टाटा सुमोबाट सेतो रंगको दुई फिट लम्बाइ र डेढ फिट चौडाइको सेफ समेत बरामद गरेको छ। प्रहरीका अनुसार उनीहरुले त्यो सेफ चोरेर ल्याएको आशंका गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell