PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

छोराको मृत्युपछि चिन्तामा डुबेकी आमाले गरिन् आत्महत्या



पहिलोपोस्ट

रत्ननगर (चितवन) : छोराको मृत्यु भएको महिना नबित्दै दक्षिण चितवनको माडीमा एक महिलाले आत्महत्या गरेकी छिन्।
 
माडी नगरपालिका–७ कीर्तनपुरकी २३ वर्षीया सङ्गीता रानाभाटले बुधबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सुमित रानाभाटकी श्रीमती सङ्गीताले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। एक महिनाअघि उनका छोरा सोनिसको रोगका कारण मृत्यु भएको थियो।
 
छ वर्षको पहिलो सन्तान सोनिसको मृत्युपछि उनी दुःखित हुँदै आएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। सोही चिन्ताले घटना भएको आशङ्का गरिए पनि यकिन कारण भने खुलेको छैन। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell