PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

आज शिक्षा दिवस, नेपाल विद्याभूषण 'क' १९० जनालाई



पहिलोपोस्ट

काठमाडौँ : आज मुलुकभर ३७औं शिक्षा दिवस मनाइँदैछ।
 
राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस आज ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नारासहित मनाउन लागिएको हो।
 
शिक्षा मन्त्रालयले दिवसका लागि शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ। दिवसका अवसरमा आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभूषण क, ख र ग तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गरेकी छिन्।
  
नेपाल विद्याभूषण पदक ‘क’ बाट १९० जना, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र नेपाल छात्रा विद्या पदक ‘ख’ बाट चारजना विभूषित भएका छन्। 
 
दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालबाट भने उत्कृष्ट विद्यालय पुरस्कृत गर्ने कार्यक्रम छ। साँझ स्वप्न बगैँचामा जलपानको आयोजना गरिएको छ।
 
जिल्लास्तरमा पनि विभिन्न कार्यक्रम हुने मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिइन्। मन्त्रालयले राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र नगद रु दुई लाखको पुरस्कार पाउने सामुदायिक र निजी विद्यालयको नाम सार्वजनिक गरिसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell