PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

लामखुट्टे भगाउन बालिएको घुर सल्किँदा आगलागी, तीन लाखको क्षति



पहिलोपोस्ट

सप्तरी : सप्तरीको काचन गाविस–७ मा आज आगलागी हुँदा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ।
 
स्थानीय रामबहादुर दासको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्केको आगोले उनको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
 
छिमेकी दिपो दास, देलाल दास, कैली दाससहित चार जनाको एकएक वटा घर समेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
आगलागीबाट खाद्यान्न, लताकपडा नष्ट भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell