PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

संसद बैठक सुरु, केही बेरमै प्रधानमन्त्री प्रचण्डले जनताको नाममा सम्बोधन गर्ने



पहिलोपोस्ट

संसद बैठक सुरु, केही बेरमै प्रधानमन्त्री प्रचण्डले जनताको नाममा सम्बोधन गर्ने

काठमाडौं : व्यवस्थापिका संसद बैठक सुरु भएको छ। ११ बजेपछि सुरु भएको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्।
 
केही बेरमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निर्वाचित भएको एक महिनापछि उनले संसदमार्फत सम्बोधन गर्न लागेका हुन्।
 
उनले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न सकेका थिएनन्। सरकारका प्राथमिकता र आगामी कार्यक्रमबारे उनले धारणा राख्ने बताइएको छ। स्थानीय तहको निर्वाचन तथा आफ्नो आसन्न भारत भ्रमण र संविधान संशोधनका विषयमा समेत प्रचण्डले धारणा राख्ने सचिवालयका एक सदस्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell