PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

मातातीर्थ गोली घटना : प्रहरीलाई गोली हान्ने युवा फेला परेनन्, बरामद सेफ सहकारीको



पहिलोपोस्ट

काठमाडौं : आज बिहान काठमाडौंको मातातीर्थमा अज्ञात समूहबाट बरामद भएको सेफमा कागजपत्र मात्र रहेको प्रहरीले पुष्टि गरको छ।
 
उक्त सेफ लतिपुपर उपमहानगरपालिकाको चापागाउस्थित ललितपुर सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाको भएको प्रहरीले पुष्टि गरेको हो। सेफमा महत्वपूर्ण कागजपत्र भएकाले लुटेराले सेफ लुटेर ल्याएको हुन सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले बताए।
 
आज बिहान  मातातीर्थस्थित चिहानडाँडामा प्रहरी र अज्ञात समूहबीच दोहरो फाइरिङ भएको थियो। जंगल नजिकै रोकिराखेको ना १ ज ३९४८ नम्वरको टाटा सुमो देखेपछि शंका लागेर प्रहरीले पिछा गर्दा गाडीभित्र रहेका चार युवाले प्रहरीलाई लक्षित गरि दुई राउन्ड गोली चलाएका थिए। प्रहरीले पनि जवाफी कारबाहीमा दुई राउन्ड गोली चलाएको थियो।
 
गोली हानेर ती युवा नजिकैको जंगलभित्र छिरे पनि फेला पर्न सकेका छैनन्। उनीहरुले टाटा सुमोमै छोडेको सेतो रंगको सेफ मात्र प्रहरीले बरामद गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell