PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

उपत्यकासहित १२ सहरमा ६ महिनाभित्रै स्तरीय बस गुडाउने सरकारको घोषणा



पहिलोपोस्ट

उपत्यकासहित १२ सहरमा ६ महिनाभित्रै स्तरीय बस गुडाउने सरकारको घोषणा

काठमाडौं : सरकारले सार्वजनिक यातायातमा आमूल सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्दै ६ महिनाभित्रै लामो दुरीमा सय वटा गाडी सञ्चालनको घोषणा गरेको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज व्यवस्थापिका संसदमा देश र जनताको नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
 
उनले एक सय वटा लामा र स्तरीय ठूला बस खरीद गरेर नगरपालिकामार्फत सञ्चालन गरिने बताए। 'छ महिनाभित्र एक सय वटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत सञ्चालन गरिनेछ,' उनले भने ।
 
काठमाडौं उपत्यकाका दुई वटा रुटमा एकीकृत सार्वजनिक परिवहन प्रणालीबाट सार्वजनिक यातायात सेवा सुरु गरिनेछ। उपत्यकाको कम्तीमा एउटा रुटमा सार्वजनिक यातायातका लागि छुट्टै लेनको व्यवस्था गरिने समेत प्रचण्डले बताए। उनले मधेस र मधेसी जनताका लागि महत्वपूर्ण हुलाकी मार्ग निर्माणमा ढिलासुस्ती अब मान्य नहुने बताउँदै हुलाकी सडकको प्रथम चरणमा कुल ५ सय २० किलोमिटर सडक वैदेशिक सहयोगबाट नपुग रकम सरकारको आफ्नै स्रोतबाट व्यहोर्ने गरी निर्माण गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell