PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

भाषा आयोगमा डाक्टर लवदेव अवस्थी



पहिलोपोस्ट

काठमाडौं : सरकारले डाक्टर लवदेव अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा मन्त्रालय सम्हालिसकेका सचिव अवस्थीलाई आयोगको अध्यक्ष बनाएको हो।

नेपालको संविधानको धारा २८७ अनुसार संविधान प्रारम्भ भएको मितिले एक वर्षभित्र भाषा आयोग गठन गरिसक्नु पर्ने व्यवस्था छ। आगामी असोज ३ गते नेपालको संविधान लागू भएको एक वर्ष पुग्ने भएकाले सरकारले तत्काल आयोग गठन गरेको हो। 


त्यसैगरी आज बसेको बैठकले आगामी असोज एक र दुई गते भेनेजुएलामा आयोजना हुने असंलग्न राष्ट्रहरुको विश्व सम्मेलनमा उप राष्ट्रपति सहभागी हुने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell