PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

एएफसी सोलिडारिटी कपको ड्र सार्वजनिक : नेपाल, पाकिस्तान, ब्रुनाई एउटै समूहमा



पहिलोपोस्ट

एएफसी सोलिडारिटी कपको ड्र सार्वजनिक : नेपाल, पाकिस्तान, ब्रुनाई एउटै समूहमा

काठमाडौं : आगामी नोभेम्वरमा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको ग्रुप ड्र सार्वजनिक भएको छ।
 
एसियाली फुटबल महासंघको आयोजनमा हुने लागेको उक्त प्रतियोगितामा नेपाल, पाकिस्तान र ब्रुनाईसँगै समूह ए मा परेको छ।
 
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने अवसर कम पाउने र फिफा वरीयतामा पछिल्ला क्रममा रहेको एसियाका राष्ट्रहरुलाई समेटेर एएफसीले नयाँ प्रतियोगिताको अवधारणा अघि सारेको हो। यसलाई एएफसी च्यालेन्ज कपको विकल्पको रुपमा समेत हेरिएको छ।
 
नेपालसँगै समूह ए मा भुटान र बंगलादेशमध्ये एक टीम तथा टिमोर लेस्टे र चाइनिज ताइपेइमध्ये एक टीमले भाग लिनेछन्।
 
आगामी नोभेम्वर २ देखि १५ सम्म हुने प्रतियोगितामा ८ वा ९ टीमले भाग लिनेछन्। यसबारे एएफसीले नै अन्तिम फैसला गर्नेछ। सन् २०१८ को विश्वकप छनोट र २०१९ को एसियन कप छनोटको पहिलो चरणबाटै बाहिरिएका ६ टोलीले खेल्ने निश्चित छ। जसमा नेपालसँगै श्रीलंका, पाकिस्तान, मकाउ, मंगोलिया र ब्रुनाई रहेका छन्। बाँकी २ वा ३ टोलीको छिनोफानो एसियन कप छनोटको प्लेअफ सकिएपछि हुनेछ।
 
समूह बी मा श्रीलंका, मकाउ र मंगोलिया रहेका छन्। यस समूहमा दक्षिण एसियाली मुलुक माल्दिभ्स वा लाओस मधये एक टीमले भाग लिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell