PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सद्भावनाका अध्यक्ष झाको हत्या योजना बनाउने दुई जना पक्राउ



राधेश्याम पटेल

वीरगन्ज : नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व उद्योग मन्त्री अनिलकुमार झाको हत्या योजना बनाउने दुई आरोपी रौतहटबाट पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा रौतहटकै मुडवलवा–३ का २७ वर्षीय मुनाकुमार यादव र बगही– १ का ३९ वर्षीय अवधलाल महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक गणेश रेग्मीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएका छन्। रौतहट प्रहरीका अनुसार दुवै आरोपीहरु अध्यक्ष झासँग पहिले फोनमा धम्की दिँदै फिरौती माग गरेको तर फिरौती नदिएपछि हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

मधेसी मोर्चाका नेता समेत रहेका झाको हत्या गर्ने योजना बनाएका दुवैलाई कडाभन्दा कडा कारबाहीको लागि नेपाल सदभावना पार्टी पर्सा अध्यक्ष मनोज कर्णले विज्ञप्तिमार्फत माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell