PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

प्युठानको भिंग्री नेपालकै दोस्रो बालमैत्री स्थानीय शासन लागू गर्ने दोस्रो गाविस घोषित



पहिलोपोस्ट

प्युठानको भिंग्री नेपालकै दोस्रो बालमैत्री स्थानीय शासन लागू गर्ने दोस्रो गाविस घोषित

प्युठान : प्युठानको भिंग्री गाविस बालमैत्री स्थानी यशासन लागू गर्ने दोस्रो गाविस घोषित भएको छ।
 
संघीय विकास तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले गाविस सचिव हिमलाल पोखरेललाई भिंग्री गाविस बालमैत्री स्थानीय शासन लागू भएको व्यहोरा उल्लेखित ताम्रपत्र हस्तान्तरण गरेका छन्।
 
'अब यो गाविस एउटा नमुना बनेको छ। यो गाविसले आफू बालबालिकाको हितका लागि कार्य गर्न अग्रसर रहेको पुष्टि गरेको छ,' मन्त्री जबेगुले भने, 'बालबालिकाको आवश्यकतालाई ध्यानमा राखेर गरिएका कार्य र तयार संरचनाहरुले मात्र उनीहरुको सर्वांगीण विकास सम्धव छ।'
 
बालमैत्री स्थानीय शासन घोषणा भएसँगै भिंग्रीले बालबचाउ, बालसंरक्षण, बालविकास र अर्थपूर्ण बाल सहभागिताका क्षेत्रमा विभाजित ३९ वटा मापदण्ड पूरा गरेको छ। संघीय विकास तथा स्थानीय विकास मन्त्रालयले यी चार क्षेत्रका ३९ वटै मापदण्ड पूरा भएको पुष्टि गरेर गाविसलाई बालमैत्री स्थानीय शासन लागू भएको गाविस घोषणा गर्न स्वीकृति दिएको थियो।
 
गाविसमा बालमैत्री स्थानीय शासन लागू गर्न गाविस र जिविसको सहकार्यमा विषेश गरेर सन् २०१३ देखि  प्रयास थालिएको थियो। गाविसलाई बालमैत्री  बनाउन जिल्ला तथा स्थानीय स्तरका सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजले संयुक्त रुपमा काम गरेका थिए।
 
सेभ द चिल्ड्रेन र यसको साझेदार संस्था कालिका विकास केन्द्रले भने सन् २००९ देखि लागू भएको स्पोन्सरसिप कार्यक्रममार्फत बालमैत्री स्थानीय शासनका मापदण्ड पूरा गर्न काम गर्दै आएको छ।
 
यसअघि नवलपरासीको प्रगतिनगर गाविस नेपालकै पहिलो बालमैत्री गाविस घोषित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell