PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​दसैंमा घर जाँदै हुनुहुन्छ ? मुग्लिन-नारायणगढ बाटोमा के होला?



पहिलोपोस्ट

​दसैंमा घर जाँदै हुनुहुन्छ ? मुग्लिन-नारायणगढ बाटोमा के होला?

  • सरिता पौडेल-
चितवन : राजधानीको लाइफलाइनको रुपमा रहेको नारायणगढ मुग्लिन सडकखण्डले वर्खामा दिएको सास्तीले धेरैलार्इ पिरल्यो। यही सडकखण्ड नेपालीको महान चाड दशैका बेलामा कसरी संचालन हुन्छ ? दसैंमा घर जाने बेलामा घन्टौ जाममा परिन्छ कि परिँदैन ?

यस सडकखण्ड भएर जाने धेरैसामु यो प्रश्न खडा छ। मुग्लिन-नारायणगढ सडक विस्तार आयोजनाका सिनियर डिभिजन इन्जिनियर गोविन्दप्रकाश खनालका अनुसार फुलपातीदेखि पूर्णिमासम्म सडक निर्माणको काम रोक्ने भएकाले सवारी साधन आवात जावतमा समस्या हुँदैन। उनले प्राकृतिक विपत्ति वाहेक सडक निर्माणले सवारी साधनमा कुनै अवरोध नहुने दाबी गरे। खनालले निर्माण सकिएको स्थानमा दुर्इतर्फी र केही स्थानमा एकतर्फी सवारी साधन चल्ने बताए।
 
निर्माण सकिएको स्थान दासढुंगा पुलभन्दा माथि दुर्इतर्फी सञ्चालन गर्न सकिन्छ,' खनालले भने, 'केही स्थानमा भने एकतर्फी संचालन गर्नुपर्ने हुनसक्छ।'

यस खण्डको ६ किलोमिटर क्षेत्र अझै चौडा गर्न बाँकी छ। मुग्लिनदेखि कालीखोलासम्म र जलवीरेदेखि मुग्लिन तर्फ ५ सय मिटर चौडा गर्न बाँकी छ। यो स्थानको पहाड काट्ने काम समेत भएको छैन। केही ठाउँमा भने वाल लगाएर चौडा गरिसकिएको छ।
 
दासढुगांको पुलदेखि सिमलतालसम्मको निमार्णको जिम्मा लिएको जयन्त भेन्चरका प्रमुख रविन्द्र श्रेष्ठले यात्रुहरुको चापलाई मध्यनजर गरेर दसैं आउनुभन्दा १५ दिन अघिबाट एकतर्फि बाटो पूर्ण रुपमा सञ्चालन गर्न दिइने बताए। 'फूलपातीसम्म काम गछौं,' उनले भने।, 'दोहोरो बन्द हुँदैन।’ श्रेष्ठले आफ्नो जिम्मामा रहेको काममध्ये सडकको दायाँबायाँ पर्खाल बनाउने र नाली बनाउने काम ६० प्रतिशत सकिएको बताए।
 
'सडक बनाउन दसैंपछि सुरु हुन्छ,' उनले भने, 'घुमाउने, दासढुंगा र सेतीदोभान घुम्तीनेर तीब्र रुपमा गरिरहेका छन्।' 
उनका अनुसार घुमाउने  र १६ किलोमा पहाड काट्ने काम बाँकी छ। उनले सबैभन्दा कठिन क्षेत्र यही दुई स्थान भएको बताउँदै पहाड काट्ने काम सकिएपछि निर्माण अघि बढाउन सजिलो हुने बताए। यो कम्पनीले ३ सय २४ मजदुर र ८७ जना कर्मचारी सडक निमार्णमा खटाएको छ।
 

२५ प्रतिशत काम सम्पन्न

भूकम्प र नाकाबन्दी यो आयोजना पनि जेलियो र भर्खरै २५ प्रतिशत मात्रै काम सकिएको छ। ठेकेदार कम्पनीसँग गरेको सम्झौतामा डिसेम्बरसम्ममा ५० प्रतिशत काम सक्नुपर्ने उल्लेख छ।
 
तर अहिलेकै गतिले काम भए तोकिएको समयसीमाभित्र काम नसकिने आयोजनाका प्रमुख खनालले बताए। 'यो वर्ष सामान्य भन्दा धेरै वर्षा भयो,' खनालले भने, 'म्याद थपका लागि  पत्राचार भइरहेको छ। २ महिना थपिन सक्छ।' सम्झौंता अनुसार अर्को वर्षको असोजसम्ममा काम सक्नुपर्नेछ।

विश्व बैंकको ९० प्रतिशत ऋण सहयोग र १० प्रतिशत  सरकारको गरी करिब ५ अर्बको लगानीमा यो सडकखण्ड चौडा पार्न थालिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell