12.jpg)
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद राखेपले आ.ब. २०७२/७३ मा विभिन्न अन्तर्राष्ट्रिय अन अफिसियल प्रतियोगिताहरुमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बिहिबार नगद पुरस्कार सहित सम्मान गरेको छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद २० हजार सहित प्रशंसा पत्र, रजत पदक प्राप्त गर्नेलाई नगद १५ हजार र प्रशंसा पत्र तथा कास्य पदक प्राप्त खेलाडीहरुलाई नगद १० हजार सहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो।
पदक जितेका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले नगद र प्रशंसा पत्र प्रदान गरे।
दक्षिण एसियाली खेलकुद बाहेकका अन्य प्रतियोगितामा पदक जितेका खेलाडीलाई राखेपले प्रोत्साहन स्वरुप नगद सहित सम्मान गरेको हो।
गत आब मा अन्तर्राष्ट्रिय प्रतियोगितामा ३५ जनाले स्वर्ण, ४२ जनाले रजत र ३२ जनाले कास्य पदक प्राप्त गर्न सफल भएका थिए।
सो अवसरमा भुटानमा सम्पन्न ५० औं एशियाली शारिरीक सुगठन च्याम्पियनसिमा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी महेश्वर महर्जनलाई पनि सदस्य सचिव विष्टले सम्मान गरेका थिए।