PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​कैटरिना र सिद्धार्थको 'बार बार देखो' मा छ के?



पहिलोपोस्ट

​कैटरिना र सिद्धार्थको 'बार बार देखो' मा छ के?

बलिउड फिल्म 'बार बार देखो'ले पहिलो पटक सिद्धार्थ मलहोत्रा र कैटरिना कैफलाई पहिलो पटक पर्दामा एकैसाथ ल्याउँदैछ। 'हंकी एक्टर'को पहिचान बनाएका सिद्धार्थ र सुन्दर फिगरकी धनी कैटरिनाको जोडीबीचको केमेस्ट्री गतिलो छ जुन यो फिल्ममा दर्शकले हेर्न पाउने छन्।

फिल्म आधुनिक समयको प्रेममा आधारित छ जसको कथा बुनेका छन् नित्य मेहराले। जय र दीयाको टिनएज प्रेम छ फिल्ममा। फिल्ममा प्रेम र संवेदनका दृष्यहरु पर्याप्त छन्।

फिल्म कुनै टाइम ट्राभल होइन तर नयाँ युगको प्रेम कथा हो। त्यसो त सुरुमा यसको ट्रेलर जारी भएपछि मानिसहरुले टाइम ट्राभल फिल्मकै रुपमा यसलाई बुझेका थिए। तर निर्देशक नित्यले प्रस्ट पारिन, 'सामान्यतय यो नयाँ युगको प्रेमकथा हो।'

फिल्मले कैटरिना र सिद्धार्थको किशोरावस्थादेखि ६० वर्षे उमेरसम्मलाई समेट्छ। काला चस्मा र दी प्रुफ्स गीतले युट्युवमा धुम मचाइसकेका छन्। यसकारण पनि फिल्मले बलिउड बक्स अफिसमा गति लिने अपेक्षा गरिएको छ। यसबाहेक फिल्मको ट्र्याकलाई अनलाइनमा धेरै नै सुनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell