PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​मिस्टर काठमाडौं शुक्रबारदेखि, विजेतालाई १ लाख



पहिलोपोस्ट

काठमाडौं : काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा मिस्टर काठमाडौं बडी बिल्डिङ च्याम्पियनसीप तथा प्रथम महिला फिट्नेस प्रतियोगता शुक्रबारदेखि सुरु हुँदैछ।

मिस्टर काठमाडौंमा ५३ पुरुषले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। हरेक स्पर्धामा पहिलो हुने खेलाडीले पुनः मुख्य उपाधि मिस्टर काठमाडौंका लागि फाइनल राउण्डमा प्रतिस्पर्धा गर्नेछन्।

मिस्टर काठमाडौं उपाधि विजेताले १ लाख नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जनाएका छन्। त्यस्तै हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउने छन्। 

यस्तै उत्कृष्ट पोजरलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ।

महिलातर्फ खुला स्पर्धामा ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

पहिलो दिन प्रि जजिङ राउन्ड तीनकुनेस्थित रोयल इभेन्टमा हुनेछ भने फाइनल राउण्ड शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell