PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​हक्की संघको अध्यक्षमा पुन‍ उमेशलाल श्रेष्ठ, अध्यक्षसहित १७ सदस्यीय कार्यसमिती निर्विरोध



पहिलोपोस्ट

​हक्की संघको अध्यक्षमा पुन‍ उमेशलाल श्रेष्ठ, अध्यक्षसहित १७ सदस्यीय कार्यसमिती निर्विरोध

काठमाडौं : नेपाल हक्की संघको साधारणसभाले उमेशलाल श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ।

अनिलप्रसाद शर्मा र मनीष झाले उपाध्यक्ष, सुनीलप्रसाद प्रधानले महासचिव, रञ्जन थापाले सचिव तथा अमरिष प्रधानले कोषाध्यक्षको जिम्मेवारी पाएका छन्।

दीपक प्रधान, विजयबहादुर स्वार, नवीन रिजाल, रामेश्वरप्रसाद घिमिरे, भगवतीकुमारी खड्का, विजयन्त शर्मा, शम्भुप्रसाद रिजाल, बाबुराम साहु, पदम चन्द, सञ्जयकुमार मण्डल तथा मनोजकुमार शर्मा सदस्यमा चयन भए। 

नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं एनओसी महासचिव लामा टेन्डी शेर्पाले प्रमाण पत्र वितरण गरे। साधारणसभामा विभिन्न १८ जिल्लाबाट २ का दरले ३६ तथा केन्द्रीय कार्यसमितिका २३ गरी ५९ प्रतिनिधि सहभागी थिए।

साधारणसभापछि बिहीबारै बसेको बैठकले राजेन्द्र श्रेष्ठ, हिमाल खड्का र प्रकाश सिवाकोटीलाई उपाध्यक्ष तथा अशिम शर्मा र राजेन्द्र पाठकलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको सचिव थापाले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell