
काठमाडौं : नेपालकी इरा रावत र भारतकी सम्भावी तिवारी केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टको सर्किट १ अन्तर्गत गल्र्स सिंगल्समा फाइनलमा प्रवेश गरेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार भएको खेलमा इराले नेपालकै प्रेरणा कोइरालालाई ६–२ र ६–१ हराइन्। सम्भावीले भारतकै लक्षण्या विश्वनाथलाई ५–७, ६–४ र ६–४ को सेटमा पराजित गरे।
सोही स्पर्धाको ब्वाइजमा नेपालका आदित सुवेदी र भारतका अर्नभ पठाङ्गे फाइनलमा भिड्ने भएका छन्। आदितले नेपालका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१ तथा अर्नभले भारतका अमितोज श्रीवास्तवलाई ६–० र ६–० को सोझो सेटमा हराए।
गल्र्स र ब्वाइज दुवैतर्फको डबल्समा भाने भारतीय जोडीले बाजी मारे। गल्र्स डबल्समा भारतका तनिशा प्राण्जल र सम्भावीको जोडी पहिलो भए। उक्त जोडीले फाइनलमा भारतकै अर्सिया अहमद र इराम जैडीलाई ६–० र ६–३ को सीधा सेटमा पाखा लगाए। नेपालका अभिलाषा विष्ट र इरा रावत तथा अल्शा रेग्मी र सलोनी तामाङको जोडी तेश्रो भए।
ब्वाइज डबल्समा भारतका अर्नभ र अमितोजको जोडी पहिलो भए। फाइनलमा उनीहरुले नेपालका सहर्ष चन्द र आदित सुवेदीको जोडीलाई ६–३ र ६–४ को सेटमा हराए।