PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

नाचगानमा हिँडेका जनक घर फर्किएनन्, चार दिनपछि फेला पर्‍यो शव



पहिलोपोस्ट

गुल्मी : जिल्लाको जैसीथोक–५ निवासी ३७ वर्षीय जनक पोखरेल जैसीथोक गाविस–४ स्थित छापेखोलामा मृत अवस्थामा फेला परेका छन्।
 
भदौ २१ गते साँझ घरबाट नाचगानमा हिँडेका उनी घर फर्किएका थिएनन्। घरपरिवारले खोजी गरिदिन स्थानीयवासीसँग आग्रह गरेका थिए।
 
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख भोला रावलका अनुसार चाडपर्वको समयमा साथीभाइसँग मदिरा सेवन गरी झगडा गरेको प्रारम्भिक चरणमा खुल्न आएको छ।
 
अत्यधिक मदिरा सेवन गरी भीरबाट लडेको हुन सक्ने रावलले बताए। झगडाको आशंकामा सात जनालाई नियन्त्रणमा लिइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell