PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

एमाले नेता शंकर पोखरेलको विवादित ट्वीटबारे संसदमा चल्यो बहस



पहिलोपोस्ट

एमाले नेता शंकर पोखरेलको विवादित ट्वीटबारे संसदमा चल्यो बहस

काठमाडौँ : नेकपा एमालेका नेता शंकर पोखरेलले माइक्रो ब्लगिङ साइट ट्विटरमा गरेको एउटा विवादित प्रतिक्रियाले संसदमा प्रवेश पाएको छ।
 
पोखरेलले ट्विटरमा कालो वर्ण र कालो झण्डाको विषयमा टिप्पणी गरेका थिए। जसलाई उनले विवाद भएलगत्तै डिलिट गरेका थिए।
 
संसदमा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष समेत रहेका महेन्द्र राय यादवले 'पोखरेलले मधेसीलाई हेपेको' भन्दै असन्तुष्टस जनाए। 'कालो वर्ण भनेर मधेसीलाई हेप्ने र आत्मसम्मान ठोस पुर्‍याउने काम भएको छ', उनले भने।
 
मधेसी मोर्चाले असोज ३ गते संविधान घोषणा हुने दिनलाई कालो दिनको रुपमा लिएको र त्यसको विरोधको कार्यक्रम लक्षित टिप्पणी पोखरेलले गरेको उनले बताए।

उनले एमालेको मधेसबारेको नीतिमा प्रश्न गर्दै विभाजन चाहेको आरोप समेत लगाए। साथै उनले प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। ​

सम्बन्धित समाचार : एमाले नेताको एउटा ट्विट जुन उनले डिलिट गर्दा पनि सुख पाएनन् : प्रहरीमा उजुरी, दर्ता अस्वीकार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell