PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

त्रिशूलीमा मालबाहक ट्रक खस्यो, नदीमै हराएपछि खोजी हुँदै



पहिलोपोस्ट

काठमाडौं : आज बिहान त्रिशूली नदीमा ट्रक खसेको छ।
 
भैरहवा भन्सारबाट सामान लिएर आउँदै गरको ना३ख ६०१७ नम्बरको मालवाहक ट्रक त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ। मुग्लिनबाट ३ किलोमिटर पर  नदीमा खसेको ट्रक बेपत्ता भएको चितवन ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक राजन भेट्वालले बताए।
 
ट्रकमा चाउचाउ, चोकोफन लगायतका सामान थियो। ती सामान यत्रतत्र छरिएको भेटिए पनि ट्रक भेट्टाउन नसकिएको उनले बताए। ट्रकमा कति जना थिए भन्नेबारे यकिन हुन नसकेको र खोजी जारी रहेको भेटवालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell