PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

सुरु भयो इन्द्रजात्राको रौनक, हनुमानढोकामै आइपुग्यो लिंगो

सुरु भयो इन्द्रजात्राको रौनक, हनुमानढोकामै आइपुग्यो लिंगो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्राको तयारीका लागि हनुमानढोकामा आज बिहान लिंगो ल्याइपुर्‍याइएको छ। 
 
विधिपूर्वक काभ्रेको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। त्यहाँबाट घिसार्दै यो लिंगो ल्याउने गरिएको छ।
 
आज बिहान भोटाहिटीबाट असन हुँदै यो लिंगो हनुमानढोका दरबारको तलेजू मन्दिरअगाडि पुर्‍याइएको छ। कालभैरवको मूर्तिअगाडि धार्मिक विधिअनुसार आउँदो मंगलबार लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरु हुन्छ।
 
उपत्यकामा इन्द्रजात्रा विशेष रुपमा मनाइन्छ। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको यो जात्रा यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाचगान र रथयात्रा गरी मनाउने गरिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell