PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

नेपाली हलहरुमा अब चल्ने भो- छक्का पन्जा



पहिलोपोस्ट

नेपाली हलहरुमा अब चल्ने भो- छक्का पन्जा

काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत यो साता एक मात्र नेपाली फिल्मले सोलो रिलिजको अवसर पाएको छ।
 
दीपाश्री निरौलाद्वारा निर्देशित 'छक्का पन्जा' आजदेखि हलहरुमा लाग्दैछ। फिल्मले मल्टिप्लेक्स तथा सिंगल स्क्रिनका सबै हलमा शो पाएको छ।
 
फिल्ममा दीपकराज गिरी, जितु नेपाल, प्रियंका कार्की, शिवहरि पौड्याल, वर्षा राउत, केदार घिमिरे लगायतका नेपाली हास्यकलाकारको अभिनय छ।
 
बलिउडतर्फ भने नेपाली हलमा 'बार बार देखो' र 'फ्रिकी अली' प्रदर्शनमा आएका छन्। सिद्धार्थ मल्होत्रा र कट्रीना कैफ अभिनित फिल्म बार बार देखोलाई नित्य मेहेराले निर्देशन गरेका हुन्। फिल्म आधुनिक समयको प्रेममा आधारित छ।
 
त्यस्तै सोहेल अली निर्देशित फिल्म फ्रिकी अलीमा गल्फ खेललाई मुख्य विषय बनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell