PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

भारत भ्रमणमा सामेल गर्न भन्दै महतोले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र, केके छन् एजेन्डामा?



पहिलोपोस्ट

भारत भ्रमणमा सामेल गर्न भन्दै महतोले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र, केके छन् एजेन्डामा?

काठमाडौं : नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भारत भ्रमणको क्रममा सामेल गर्ने एजेण्डा समेटिएको ज्ञापनपत्र बुझाएका छन्।
 
ज्ञापनपत्रमा महतोले नेपाल–भारतबीच चिसिएको राजनीतिक र कूटनीतिक सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडि पारिएका मधेसी युवाको लागि ‘स्किल डेभलप्मेन्ट प्रोग्राम’समावेश गर्न, तराई–मधेस हुलाकी राजमार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व पश्चिम रेलमार्ग लगायतका राष्ट्रिय महत्वका योजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
 
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकारले जनता र राष्ट्रको हितमा दिने सुझावलाई गम्भीरतापूर्वक लिने बताएका थिए। आफ्नो भ्रमण दुई देशबीचको आपसी हित र सम्बन्ध विस्तारमा केन्द्रित रहने उनले महतोलाई जानकारी गराएको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell