PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

माओवादी केन्द्रको प्रमुख सचेतकमा टेकबहादुर बस्नेत



पहिलोपोस्ट

माओवादी केन्द्रको प्रमुख सचेतकमा टेकबहादुर बस्नेत

काठमाडौँ : नेकपा माओवादी केन्द्र संसदीय दलले प्रमुख सचेतकमा सांसद टेकबहादुर बस्नेतलाई चयन गरेको छ।
 
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको काम कारबाहीलाई प्रभावकारी बनाउने लक्ष्यसहित नेता बस्नेतलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो।
 
यसअघिका प्रमुख सचेतक हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीमा चयन भएपछि सचेतकको पद खाली थियो। प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न बैठकले संसदीय बोर्डसमेत गठन गरेको छ।
 
बोर्डमा संसदीय दलका नेतामा अध्यक्ष दाहाल, उपनेता टोपबहादुर रायमाझी, सचेतक सीता नेपाली, तथा सांसदहरु गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, शक्ति बस्नेत, प्रभु साह, गणेशमान पुन, रेखा शर्मा, रामनारायण बिडारी, सन्तु दराई, शिवकुमार मण्डल सदस्य छन्।
 
बैठकले संसदीय बोर्डको कार्यविभाजन समेत गरेको छ। बैठकले सांसद बिडारीलाई बोर्ड सचिवको जिम्मेवारी दिएको छ। त्यसैगरी सांसद अग्निप्रसाद सापकोटालाई संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको छ।
 
यस्तै १ नं प्रदेश संयोजकमा शिवकुमार मण्डल, २ मा रामसिंह यादव, ३ मा सन्तु दराई, ४ मा कृष्ण धिताल, ५ मा डोरप्रसाद उपाध्याय, ६ मा महेन्द्रबहादुर शाही र ७ मा हरिलाल ज्ञवालीलाई चयन गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell