PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

बसले ठक्कर दिँदा पैदल यात्रु एक महिलाको ज्यान गयो



पहिलोपोस्ट

उर्लाबारी (मोरङ) :  मोरङको कोसीहरैंचा नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
 
झापाको काँकडभिट्टाबाट नारायणघाटतर्फ जाँदै गरेको ना५ख ७०८३ नंको बसको ठक्करबाट भोजपुर षडानन्द नगरपालिका–४ घर भएकी ३३ वर्षीया पदमकुमारी भट्ट (घिमिरे) को घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell