PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

प्रचण्डले आफ्ना सांसदलाई भने- 'तीन वटै चुनाव भइन्जेल हामी नै सरकारमा हुनेछौं'



पहिलोपोस्ट

प्रचण्डले आफ्ना सांसदलाई भने- 'तीन वटै चुनाव भइन्जेल हामी नै सरकारमा हुनेछौं'

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने बताएका छन्।
  
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले दलको भूमिका प्रभावकारी बनाउन पनि आफ्ना सांसदहरुलाई निर्देशन दिए।
 
'तीन वटै निर्वाचन सम्पन्न गरिन्जेलसम्म हामी सरकारमा नै हुनेछौं,' उनले भने, 'त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ।'
 
सरकारले दलीय ध्रुवीकरण घटाएको जानकारी गराउँदै उनले आन्तरिक राष्ट्रिय सम्बोधनमार्फत राष्ट्रिय एकताको आधार तयार पारेको बताए।
 
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण कूटनीतिक सन्तुलन र सम्बन्धमा केन्द्रित हुने जानकारी गराउँदै दुई छिमेकी देशबाट उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको संसदीय दललाई जानकारी गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell