PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

ड्युटीमै रहेका प्रहरी जवानको रहस्यमय मृत्यु



पहिलोपोस्ट

चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको बहादुरगन्जमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा प्रहरी जवान निशान खनाल रहेका छन्। खनाल गएराति करिब ८ बजेको समयमा ड्युटी गरिरहेको अवस्थामा अचानक अस्वस्थ भएका थिए। खनालको मृत्यु के कति कारणले भएको हो खुलेको छैन।
 
खनालको तत्काल बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा सामान्य उपचार गराई थप उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिप्रका कपिलवस्तुका प्रमुख विष्णुकुमार केसीले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell