PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

मन्त्री थापा भन्छन्- 'अलमलमा नपर्नुस्, चैतमै हुन्छ चुनाव'



पहिलोपोस्ट

मन्त्री थापा भन्छन्- 'अलमलमा नपर्नुस्, चैतमै हुन्छ चुनाव'

पोखरा : स्वास्थ्यमन्त्री गगन थापाले चैत महिनामा स्थानीय तहको निर्वाचन हुने निश्चित रहेको बताएका छन्।

बिपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस कास्कीले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले विधेयक बनाएर व्यवस्थापिका–संसद्मा पेस गरेको जानकारी गराए।
 
स्थानीय तहमा गाउँपालिका र नगरपालिका ७ सय देखि ७५० सम्मको हाराहारीमा बनाउन उपयुक्त हुने धारणा राख्दै मन्त्री थापाले यसको निधो गर्न केही समय लाग्ने बताए।
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री थापाले अब चुनाव हुन्छ कि हुदैँन भने अलमलमा नपरी तयारी अवस्थामा रहन पार्टी कार्यकर्तालाई आग्रह गरे। 
 
देशका विशिष्ट व्यक्ति र सर्वसाधारण नेपाली जनताको अधिकार समान भएको बताउँदै स्वास्थ्यमन्त्री थापाले विशिष्ट व्यक्तिले सामान्य उपचारका लागि विदेश जान राज्यकोषबाट पैसा पाउने तर दीनदुःखी उपचारै गर्न नसकी मर्ने स्थितिको अन्त्य गर्न आफू लागिपर्ने बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell