PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्रथम किङ खान महिला इन्डोर हक्की च्यालेन्ज आइतबार हुँदै



पहिलोपोस्ट

प्रथम किङ खान महिला इन्डोर हक्की च्यालेन्ज आइतबार हुँदै

काठमाडौं : प्रथम किङ खान नेपाल महिला इन्डोर हक्की च्याम्पियनसिप-२०१६ आइतबार हुने भएको छ।
 
नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबको संयुक्त आयोजनामा हुन लागेको उक्त च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने भएको हो।
किङ खान हक्की क्लब युएईले प्रतियोगिताको मुख्य प्रायोजन गर्ने भएको छ।
 
पछिल्लो समय नेपालमा हक्की खेलप्रति दर्शक रुचि र खेलको लोकप्रियता बढ्दै गएकाले प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक राजेन्द्र पाठकले बताए। संघले यसअघि पुरुष इन्डोर हक्की च्याम्पियनसिप गरिसकेको छ।
 
आयोजक काठमाडौं हक्की क्लब र विभागीय त्रिभुवन आर्मी क्लबसँगै यो प्रतियोगितामा देशभरबाट आठ टीमले भाग लिँदैछन्।
 

सहभागी टिमहरु
१. काठमाडौ हक्की क्लब
२. त्रिभुवन आर्मी कल्ब
३. हेल्प क्लब, कञ्चनपुर
४. महेन्द्रनगर युनाइटेड क्लब, महेन्द्रनगर
५. एसएम युथ स्पोर्टस् क्लब, जनकपुर
६. स्टेशन एरिया युवा क्लब, जनकपुर
७. पोखरा हक्की क्लब ए
८. पोखरा हक्की क्लब बी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell