PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक काफ्लेले दिए राजीनामा, प्रधानमन्त्रीलाई बुझाए पत्र



पहिलोपोस्ट

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक काफ्लेले दिए राजीनामा, प्रधानमन्त्रीलाई बुझाए पत्र

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मुकेशराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्।
 
'बिहान समय माग्नुभयो, साढे १० बजे भेटेर राजीनामा बुझाउनुभएको छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने। राजीनामामा नेपाल सरकारलाई सम्बोधन गरिएको जानकारी पनि उनले दिएका छन्।
 
प्रबन्ध निर्देशक काफ्लेसँग ऊर्जामन्त्री जनार्दन शर्माले यसअघि नै राजीनामा मागेका थिए। काफ्लेको पदावधि तीन महिना मात्रै बाँकी रहेकोले स्वतः पदावधि सकेर निस्कने अडानमा काफ्ले थिए।
 
काफ्लेले दिएको राजीनामा स्वीकृत भएको छैन। प्रधानमन्त्रीले प्रक्रिया अनुसार राजीनामा स्वीकृतिका लागि पठाउनेछन्। यसअघिका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पनि काफ्लेलाई हटाउन चाहेका थिए। त्यसअघि राधा ज्ञवाली र काफ्लेबीच मनमुटाव थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell