PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एमाले अध्यक्ष ओली भन्छन्- 'प्रचण्डजी मयुर जस्तै नाच्नुभयो'



सविन ढकाल

एमाले अध्यक्ष ओली भन्छन्- 'प्रचण्डजी मयुर जस्तै नाच्नुभयो'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हिजोको सम्बोधनलाई 'मयुर नाच'को संज्ञा दिएका छन्।
 
आज काठमाडौंमा राष्ट्रको समृद्धिमा युवाको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै ओलीले हिजो संसदमा जनताको नाममा सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्ड मयुर जस्तै नाचेको भन्दै व्यंग्य गरे। 'केके भन्नुभो भन्नुभो पत्तै पाइएन,' ओलीले भने, 'न भारत भ्रमणबारे केही बोल्नुभयो, न त चीनका राष्ट्रपतिको स्थगित भ्रमणबारे नै चुहाउनुभो।'
 
देश र जनताको नाममा गरिएको सम्बोधन भने पनि प्रचण्डले आफ्ना कार्यकर्तालाई यति र उति दिन्छु भनेर विवरण सुनाएको ओलीले आरोप लगाए।
 
'कुलो काट्ने सरकार'को संज्ञा दिएका उनले आफूहरुले सहमतिको आशा गरे पनि अब भर नहेको बताए। 'हामीले सहमतिको सरकारका लागि आशा गरेका थियौं, हिजोको भाषणले अब त्यो आशा पनि सकियो,' पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, 'सम्बोधनको आशय नै सहमतिभन्दा विवादतिर लैजाने देखियो।'
 
राष्ट्रिय स्वाभिमान सहन नसकेरै आफ्नो नेतृत्वको सरकार ढालेको भन्दै ओलीले तितो पोखेका थिए।

अहिलेको सरकार आइफोनको पछाडि लेखिएको 'डिजाइनबाइ क्यालिफोर्निया मेड इन चाइना' जस्तै प्रचण्ड नेतृत्वको सरकार 'डिजाइन समहोयर एसेम्बल्ड इन नेपाल' भएको व्यङ्ग गरे।

'यो कसैका लागि राम्रो लक्षण होइन', उनले भने, 'अर्काले नाम्लो चुँडिने गरि बोकाएको भारी बोकेर संविधान संशोधनको कुरा गर्छन् अनि कसरी हु्न्छ संविधान संशोधन?'

प्रचण्ड नेतृवको सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले अर्काको बल बुताले बहुमत जुटाइदिएर सरकार गठन भएकाले कुनै आशा गर्न नसकिने बताए। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell