PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

युएईमा अलपत्र ३० नेपाली कामदारको उद्धार गर्न पत्र



पहिलोपोस्ट

काठमाडौँ :  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका ३० नेपाली कामदारको तत्काल उद्धार गर्न निर्देशन दिएको छ।
 
चौकीदारका रुपमा ११ महिनाअघि काम गर्न दुबईको सारजहाँमा एक कम्पनीमा गएका उनीहरुलाई चार महिनादेखि पारिश्रमिक नदिइएपछि बिचल्ली परेको खबर सार्वजनिक भएपछि उद्धार गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सचिवलाई पत्र लेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए।
  
प्रधानमन्त्री कार्यालयले अलपत्र परेका उनीहरुलाई छिटो उद्धार गरी नेपाल ल्याउन र त्यसको जानकारी कार्यालयलाई दिन निर्देशन दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell