PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोडौं : प्रधानमन्त्री



पहिलोपोस्ट

गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोडौं : प्रधानमन्त्री

काठमाडौं : गणित विषयमा विशेषज्ञता हासिल गरेका गणितिज्ञहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेको छ।
 
प्राडा राममान श्रेष्ठको नेतृत्वमा रहेको विज्ञहरुको टोलीले देशभरका गणितिज्ञहरुलाई अभिनन्दन गर्ने कार्यक्रममा आतिथ्यता ग्रहण गरी दिन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। टोलीमा नेपाल गणित केन्द्र, नेपाल गणित समाज, गणित शिक्षा परिषद् र गणित शिक्षा महिला समाजका प्रतिनिधिहरु सहभागी थिए।
 
गणित शिक्षामा ५० वर्ष अनवरत सेवा गरेका र ७५ वर्ष उमेर पार गरेका गणित शिक्षक र अन्वेषकहरुलाई सम्मान गर्ने संस्थाको योजना रहेको टोलीले जानकारी गराएको थियो।
 
भेटमा प्रधानमन्त्रीले विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्ने बताए। ‘विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्छ। गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्छ,’उनले भने।
 
सो अवसरमा प्रधानमन्त्रीले असोज १३ गते गणितिज्ञहरुलाई सम्मान गर्ने कार्यक्रममा आफू सहभागी हुने जानकारी समेत गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell